Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

बाम गठबन्धन भत्किने खतरा,माअोबादी केन्द्रका बागि उम्मेदवार बढे

३ महिना अगाडि

एनखबर सवाददाता

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि एमाले–माओवादी केन्द्र गठबन्धनका ३ जना साझा उम्मेवारविरुद्ध रामेछापमा माओवादी केन्द्रका ३ जनाले बागी उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टीले गरेको टिकट वितरणप्रति गम्भीर असन्तुष्टि जनाएर पूर्वसभासद लक्ष्मी गुरुङ र माओवादी केन्द्रका जिल्ला सेक्रेटरी एवं पोलिटब्युरो सदस्य मैनकुमार मोक्तान तथा हेमन्त पौडेलले बागी उम्मेदवारी दर्ता गराएका हुन् ।

एमाले–माओवादी केन्द्रका साझा उम्मेदवारका रूपमा प्रतिनिधिसभा सदस्यका लागि माओवादीबाट टिकट पाएका निवर्तमान सांसद एवं हालै मात्र गृहराज्यमन्त्रीबाट विनाविभागीय बनाइएका श्यामकुमार श्रेष्ठ ‘कुशल’ विरुद्ध लक्ष्मी गुरूङले बागी उम्मेदवारी दिएकी छन् । गुरुङ पहिलो संविधानसभामा समानुपातिक सभासद थिइन् भने ०७० मा प्रत्यक्ष उम्मेदवार बनेर कांग्रेसका आङटावा शेर्पासँग पराजित भएकी थिइन् ।

त्यसैगरी, एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेल साझा वामपन्थी उम्मेदवार बनेको प्रदेशसभा (क) मा माओवादी जिल्ला सचिवालय सदस्य हेमन्त पौडेल ‘निकास’ ले बागी उम्मेदवारी दिएका छन् । प्रदेश (ख) मा साझा वामपन्थी उम्मेदवार बनेका एमाले नेता कैलाश ढुंगेलविरूद्ध माओवादीका मैनकुमार मोक्तान ‘मदन’ ले  बागी उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि रामेछाप माओवादीमा श्यामकुमार श्रेष्ठ ‘कुशल’ र युवराज चौलागाईंबीच कडा प्रतिस्पर्धा चलेको थियो । अन्ततः श्रेष्ठले टिकट पाएपछि चौलागाईं पक्ष रूष्ट भएको छ । श्रेष्ठ र एमालेका उम्मेदवारहरूलार्इ कुनै हालतमा नसघाउने चेतावनी दिँदै चौलागार्इंका समर्थक युवाहरूले चरम असन्तुष्टि पोखिरहेका छन् ।

 


प्रकाशित मिति : मंगलबार, कार्तिक ७ , २०७४ 16:42:56

प्राप्त प्रत्रिक्रियाहरु

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):