Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसीप हुने 

१ वर्ष अगाडि

बिर्तामोड । झापाको बनियानीमा अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसीप प्रतियोगिता हुने भएको छ । 

बनियानीको लक्ष्मी माविको खेल मैदानमा हुने अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसीप प्रतियोगितामा नेपाल, भारत, भूटान र बंगलादेशका १२ वटा टिम सहभागी हुनेछन् । प्रतियोगिताको माघ ७ गते पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समुद्घाटन गर्ने जनाइएको छ । 

कचनकवल र किच्चकबधलाई आन्तरिक तथा बाह्य पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजक समितिका प्रमुख सल्लाहकार बसन्त बानियाँले जानकारी दिए । सितेरियो कराँते–डो क्षेत्र नं ३ को आयोजना, जिल्ला कराँते महासंघ झापाको प्राविधिक सहयोगमा हुने कार्यक्रममा तीन सयभन्दा बढी खेलाडी सहभागी हुनेछ । 

सोही अवसर पारेर पूर्व प्रधानमन्त्री ओलीले क्षेत्र नं ३ को सम्भावित विकासका आयोजनाहरुको अवलोकन भ्रमण गर्ने कार्यक्रमसमेत रहेको  छ । चारआली–केचना सडक खण्ड र मेची पूलको तत्काल निर्माण सम्पन्न गराउन ओलीले अवलोकनसहित सरोकारवालालाई निर्देशन गर्ने कार्यक्रम रहेको छ । 

अवलोकन भ्रमणपछि एमाले अध्यक्ष ओलीले द्रोणचार्य स्मृति बाल महिला सामुदायिक भवनको शिलान्यास पनि गर्नेछन् । 


प्रकाशित मिति : मंगलबार, माघ ४ , २०७३ 17:11:19

प्राप्त प्रत्रिक्रियाहरु

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):