Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

विद्यार्थीलाई एसएलसी दिन बञ्चित गराउने विद्यालयलाई कारबाही गर : एनसीई

१ वर्ष अगाडि

काठमाडौं । विद्यालयको लापरबाहीका कारण एउटै विद्यालयका २२ जना विद्यार्थीले आगामी चैत्र ३ गतेदेखि सञ्चालन हुने एसएलसीको ग्रेडिङ परीक्षा दिनबाट बञ्चित हुनुपर्ने भएको भन्दै शिक्षाका लागि राष्ट्रिय अभियान ९एनसिई० नेपालले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

निर्धारित समयमा विद्यालयले राजश्वको रकम बैंक खातामा जम्मा नगरेका कारण बागलुङको ज्ञानेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरुले एसएलसी परीक्षा दिन नपाउने स्थिति आएकाले विद्यार्थीको भावनामाथि खेलबाड नगर्न विज्ञप्तिमार्फत एनसिईले सरोकारवा निकायलाईआग्रह गरेको हो ।


प्रेस विज्ञप्ति जारी गर्दै नागरिक समाज, शिक्षक समूह, पत्रकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी समूहको साझा सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल ९एनसिई(नेपाल० एनसिईले संविधानले सुनिश्चित गरेको वालवालिकाको शिक्षा पाउने हकलाई विद्यालयले चुनौती दिएको उल्लेख गरेको छ ।

विद्यालयले विद्यार्थीमाथि अन्याय गरेको भन्दै एनसिईंले समयमै सरकारद्वारा यस्ता गतिविधि दोहोरिन नदिन र जिम्मेवार पक्षहरुलाई कारबाही गर्न माग गरेको छ ।


प्रकाशित मिति : मंगलबार, माघ ४ , २०७३ 10:36:42

प्राप्त प्रत्रिक्रियाहरु

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):