Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

यी गल्तीले बस्नसक्छ अनिच्छित गर्भ

१ वर्ष अगाडि

गर्भवती हुनु त्यसबेला सुखद हुन्छ, जुन नियोजित ढंगवाट भएको होस् । तर, कतिपय अवस्थामा नचाहेरै पनि गर्भ रहन्छ ।

यसरी विना योजना रहेको गर्भलाई राख्ने कि फ्याक्ने ? दम्पतीको निम्ति टाउको दुखाईको विषय बन्छ यो ।

पटक-पटक गर्भ पतन गराउँदा महिलाको स्वास्थ्यमा एकदमै नराम्रो असर पुग्छ । यसले कालन्तरमा पाटेघरको क्यान्सर समेत निम्त्याउने जोखिम रहन्छ । त्यसैले अप्रत्यासित एवं अनपेक्षित रहेको गर्भलाई तुहाउने काम सजिलो र राम्रो उपाय होइन ।

गर्भ रह्यो भन्दैमा बच्चा जन्माउने कुरा पनि सजिलो भएन ।

जथाभावी वच्चा जन्माउँदा हुने जोखिम आफ्नो ठाँउमा छँदैछ, त्यस वाहेक उक्त वच्चालाई हुर्काउने, बढाउने कुरा पनि आफैमा बोझिलो बन्न सक्छ । त्यसैले यौन सम्पर्कका बेला यस्ता कुरामा सावधान अपनउनु पर्छ ।

तर, समस्या के भइदिन्छ भने, सुरक्षाको विधी अपनाउँदा अपनाउँदै पनि गर्भ रहन सक्छ । आखिर कसरी ?

१. गुद्वार यौन-सम्पर्कले गर्भ रहने जोखिम बढाउँछ । किनभने योनी र गुद्वारवीचको दुरी एकदमै कम हुन्छ । त्यसैले यौन सम्पर्कका वेला निस्कने सुक्रकिट महिलाको योनीमा सजिलै प्रवेश गर्न सक्छ ।

२. हतारमा कन्डोम प्रयोग गर्दा त्यसमा प्वाल पर्न सक्छ । यस्तो प्वालवाट पुरुष सुक्रकिट योनीमा प्रवेश गर्न सक्छ ।

३. कन्डोममा तेलको प्रयोग गर्दा पनि अनिच्छित गर्न रहने भय हुन्छ । कतिपयले तेलयुक्त कन्डोम प्रयोग गर्छन् वा कन्डोममा तेल लगाउँछन् । यसो गर्दा उक्त कन्डोम फुत्किएको थाहा हुदैन ।

४.यदि महिलाले गर्भ नरहने औषधी सेवन गरिरहेको अवस्थामा कुनै दिन औषधी खान विर्सन सक्छ । यस्तो बेला भएको यौन सम्पर्कवाट गर्भ रहने अधिक संभावना हुन्छ ।

५. कतिपय पुरुष आफ्नो लिंगलाई हातमा खेलाउने र त्यसैलाई महिलाको योनीमा पनि खेलाउने गर्छन् । यस किसिमको माध्यामवाट पनि पुरुष सुक्रकिट महिलाको योनीमा प्रवेश गर्न सक्छ । 


प्रकाशित मिति : सोमबार, माघ ३ , २०७३ 11:33:56

प्राप्त प्रत्रिक्रियाहरु

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):