Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

५६ हजार मतदाताको नाम सूचीकृत

१ वर्ष अगाडि

तेह्रथुम । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले मतदाता नामावली संकलन र अध्यावधिक गर्ने कामलाई तिव्रता दिएको छ ।

कार्यालयले दुई सातासम्म गाउँ–गाउँ पुगेर सञ्चालन गरेको अभियानमा १ हजार ३८६ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकृत निर्मलकुमार राईले जानकारी दिए ।

सदरमुकामसम्म आएर नाम दर्ता गर्न नसक्ने क्षेत्रका लाभग्राहीलाई लक्षित गरी गाउँगाउँमा पुगेर शिविर सञ्चालन गरिएको उनले बताए । योसँगै तेह्रथुममा मतदाताको संख्या ६५ हजार नाघेको छ ।

२०७० सालको संसदीय निर्वाचनमा ५२ हजार मतदाता भएकोमा तीन वर्षको अवधिमा मात्रै १२ हजार ५९० जना मतदाता थपिएका छन् ।


प्रकाशित मिति : सोमबार, माघ ३ , २०७३ 11:02:49

प्राप्त प्रत्रिक्रियाहरु

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):