Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

रोड टु मोडलको अडिसन उपत्यका बाहिर पनि हुने

१ वर्ष अगाडि

 

काठमाडौं । सौन्दर्य प्रतियोगीताहरुको भिडमा एक फरक सोच र उद्देश्यका साथ युवायुवतिको प्रतिभा उजागर गर्नका लागि ‘रोड टु मोडल’ २०१७ हुने भएको छ ।  यो प्रतियोगिता मोडलिङ क्षेत्रमा नै फरक हुने आयोजक संस्थाले दावि गरेको छ । सुत्र मोडलिङ एण्ड आर्ट क्रियशनको आयोजनामा हुने यस प्रतियोगीताका विजेताले नेपलाको प्रतिनिधित्व गर्दै फिलिपिन्स जाने पाउने छन् ।  प्रतियोगीताको आधिकारिक पोष्टर सार्वजनिक गर्दै आयोजक संस्थाले अडिसन फर्म खुल्ला भएको जनाएको छ । यस प्रतियोगीताको अडिसन उपत्यका बाहिरका शहरहरु चितवन, हेटौडा, पोखरा र विराटनगर लगायतको ठाउँमा हुने छ ।  यसबाट उपत्यका बाहिरका प्रतिभाहरुले यस प्रतियोगीतामा सहज रुपमा भाग लिन पाउने छन् । यो नेपालकै पहिलो एडभेन्चरस सौन्दर्य प्रतियोगिता हो ।  रोड टु मोडलका प्रतिस्पर्धिहरुलाई सञ्चार, एमसि, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि कक्षा, मोटिभेसन कक्षा साथै अन्य विभिन्न विषयमा प्रशिक्षण दिइने छ ।   यस प्रतियोगितामा भाग लिनका लागि आयोजक संस्था सुत्र मोडलिङ एण्ड आर्ट क्रियशनको कार्यलय तिनकुने ०१–६९२४१२३  नम्बरमा सम्पर्क राख्न सकिने छ भने रोड टु मोडलको आधिकारिक फेसबुकमा सम्पर्क गर्न सकिने छ । 


प्रकाशित मिति : सोमबार, माघ ३ , २०७३ 10:55:14

प्राप्त प्रत्रिक्रियाहरु

Roshan लेख्नुहुन्छ | आइतबार, अषाढ २५ , २०७४
This is just the test comment.

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):