Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

पूर्वराज ज्ञानेन्द्र शितल निवासमा

१ वर्ष अगाडि

काठमाडौं ।  केही समययता मुलुक र राष्ट्रियतामाथि खतरा बढेको भन्दै विभाजनकारी शक्तिहरूलाई परास्त गर्न जनतालाई अपिल गर्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको बिहेमा अतिथिका रूपमा आमन्त्रित गरिएका छन् ।

२०६३ सालयता राष्ट्रिय राजनीतिमाथि एकाधिकार जमाउँदै आएका राजनीतिक शक्तिहरूद्वारा पूर्वराजालाई गरिएको सामाजिक र राजनीतिक बहिष्कार समाप्तिको सुरुआत राष्ट्रपति भण्डारीद्वारा गरिएको संकेतका रूपमा यसलाई राजनीतिक वृत्तमा बुझिएको छ ।

२०६५ जेठ १५ गते पहिलो संविधानसभाको पहिलो बैठकमा राजसंस्था उन्मूलन भएको घोषणा गरी ज्ञानेन्द्र शाहलाई बिनाकुनै औपचारिक बिदाइ नारायणहिटी राजदरबार छाड्न बाध्य पारिएको थियो । त्यसपछि पूर्वराष्ट्राध्यक्षका रूपमा उनलाई कुनै पनि सम्मान उपलब्ध गराइएको थिएन । राष्ट्रपति भण्डारीद्वारा पठाइएको कार्डमा उनलाई पूर्वमहाराजाधिराजकै हैसियतमा आमन्त्रण गरिएको स्रोतले बताएको छ ।

पूर्वराष्ट्रपति डा. रामवरण यादव सोमबार चौध महिनापछि शीतलनिवास प्रवेश गर्दैछन् । तर यसपटक उनी पूर्वराष्ट्रपति वा कुनै संवैधानिक हैसियतमा नभई राष्ट्रपति भण्डारीका कुटुम्ब (सम्धी) का रूपमा शीतलनिवास जान लागेका हुन् । उनी आफ्ना नाति अभिषेक यादवको जन्ती लिएर विवाह समारोहमा सहभागी हुनेछन् ।

जननेता मदन भण्डारी र गणतन्त्र नेपालकी दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमसँग रामवरणका नाति अभिषेकको विवाह समारोह सोमबार शीतलनिवासमै हुने भएकाले उनी परिवारको अभिभावकत्व ग्रहण गर्दै जन्ती बनेर जान लागेका हुन् ।

पेसाले चिकित्सक निशाकुसुम र अभिषेक बूढानीलकण्ठ स्कुल पढ्दादेखिकै साथी थिए । करिब ७ वर्षको प्रेमसम्बन्धलाई दुवै परिवारले स्वीकारेपछि उनीहरूबीच माघ ३ गते विवाह हुन लागेको हो ।

                                                                                          (यो समाचार आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।)       

 


प्रकाशित मिति : सोमबार, माघ ३ , २०७३ 10:31:49

प्राप्त प्रत्रिक्रियाहरु

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):