Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

९ नम्बरमा युवा संघ, सय बढी एमालेमा प्रवेश 

१ वर्ष अगाडि

बिर्तामोड । नेकपा एमालेको जनवर्गीय संगठन युवा संघ नेपालको बिर्तामोड नगरपालिका ९ नम्बर वडा कमिटी गठन तथा भेला सम्पन्न भएको छ ।

आइतबार सैनिकमोडमा आयोजित भेलाबाट गठन गरिएको कमिटीको अध्यक्षमा कैलाश प्रसाई चयन भएका छन् । वडा कमिटीको उपाध्यक्षमा केशब बाराकोटी, सचिव राज मुखिया, सहसचिव मोहन विक र कोषाध्यक्ष रोजिना हिताङ्ग (विक) चयन भएका छन् । 

त्यस्तै सदस्यहरुमा रोजल शिवाकोटी, गोपाल बुढाथोकी, सरोज भण्डारी, अस्वीन ढकाल, गुञ्जन प्रसाई, राजु विक, अमित ठाकुर, सोभित राई, मनोज संग्रौला, अनिल पाठक, लवण राजवंशी, झकास पाठक चयन भएका छन् । सो कमिटीमा ३ जना सदस्य पछि मनोनित गर्ने बताइएको छ ।

युवा संघ नेपालको बिर्तामोड नगर कमिटीका अध्यक्ष मदन बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यूवा संघ नेपाल झापा जिल्ला कमिटीमा अध्यक्ष त्रिलोचन सापकोटाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष ज्ञानुराम प्रसाईको विशेष आतिथ्यता रहेको थियो । 

कार्यक्रममा नेकपा एमाले नगर कमिटी सल्लाहकार मोहन शिवाकोटी, नगर सचिव नगेन्द्र संग्रौला, त्रिलोचन सापकोटा, ज्ञानुराम प्रसाई, रेवतीरमण शिवाकोटी, रुद्र सिटौलालगायतले बोलेका थिए । कार्यक्रममा सहभागि वक्ताले समाज रुपान्तरणका लागि यूवा संघ नै विकल्प भएको बताएका छन् ।

सो कार्यक्रममा सहभागि हुन आएका विभिन्न राजनीतिक दल समर्थक एक सय जनाभन्दा बढी युवा नेकपा एमालेमा प्रवेश गरेको युवा संघ बिर्तामोडका अध्यक्ष मदन बुढाथोकीले जानकारी दिएका छन् । 


प्रकाशित मिति : आइतबार, माघ २ , २०७३ 17:14:10

प्राप्त प्रत्रिक्रियाहरु

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):