Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

‘मेरो भन्दा धेरै माया’ सार्वजनिक

१ वर्ष अगाडि

काठमाडौं । गायक मोहन शाहको पहिलो आधुनिक गीति एल्वम ‘मेरो भन्दा धेरै माया’ सार्वजनिक भएको छ । बसन्त फिल्मस् प्रालिको प्रस्तुति रहेको ‘मेरो भन्दा धेरै माया’ एल्वम युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

नेपाली गीत सङ्गीतको क्षेत्रमा माया प्रेम, मिलन बिछोड र ठट्यौली खालका गीतहरुले चर्चा कमाइरहेको बेला भर्खरै मात्र सार्वजनिक भएको ‘मेरो भन्दा धेरै माया’ एल्बममा माया प्रेमका कुराहरुलाई समेट्दै मन परेको मान्छेले अरुलाई मन पराएका कुराहरु गरिएको छ ।

अर्घाखाँची जिल्लामा जन्मिएर काठमाडौँलाई कर्मथलो बनाई रहेका शाहले आफ्नो पहिलो एल्बम सार्वजनिक गरेका हुन् ।पछिल्लो समय काठमाडौंमा रहेर आफ्नो सांगीतिक यात्रा आगाडि बढाउदै गरेका शाह केहि समय प्रवासमासमेत विताई सकेका छन् ।

शाहको आवाज रहेको गीति एल्बममा सन्दीप ढकालको शब्द रचना तथा राजकुमार बगरको संगीत रहेको छ । गीतको भिडियोमा चर्चित मोडल अनु शाह र बिक्रम बुढाथोकिले अभिनय गरेका छन ।

प्रकाश भट्टको निर्देशन रहेको भिडियोलाई रामेश्वर कार्कीले छायांकन तथा विष्णु शर्माले सम्पादन गरेका छन । उक्त गीतलाई नेपाली साँगितिक क्षेत्रमा छोटो समयमै चर्चा कमाउन सफल बसन्त फिल्मस् प्रालिले बजार व्यवस्थापन गरेको हो ।

भिडियो हेर्नुहोस्

 


प्रकाशित मिति : आइतबार, माघ २ , २०७३ 14:05:59

प्राप्त प्रत्रिक्रियाहरु

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):