Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

ब्राजिलको जेलमा फेरि झडप, १० जना मारिए

१ वर्ष अगाडि

काठमाडौं । ब्राजिलमा फेरि जेलका कैदीबीच झडप भएको छ । यसक्रममा कम्तिमा १० जना मारिएका छन् ।

ब्राजिलको उत्तरपूर्वी शहर नाटालमा रहेको त्यस क्षेत्रकै ठूलो एलकाकुज जेलमा कैदी बन्दीबीच झडप भएको हो । जेलमा रहेका कैदीका दुई समूहबीच झडप भएको प्रहरीले जनाएको छ ।

यो वर्ष मात्र ब्राजिलमा तेस्रो पटक झडप भएको हो । जनवरीको सुरुमा एमाजोनास र रोराईमा राज्यको जेलमा भएको झडपमा एक सय जना मारिएका थिए ।

एलकाकुज जेलबाट विस्फोट र गोली हानाहानको आवाज सुनिएको स्थानीयलाई उधृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जेलनै नियन्त्रण गरी कैदीहरुले प्रहरीलाई प्रवेशमासमेत रोकावट गरेका छन् ।


प्रकाशित मिति : आइतबार, माघ २ , २०७३ 11:55:15

प्राप्त प्रत्रिक्रियाहरु

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):