Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

भूमध्यसागरमा डुंगा दुर्घटना, एक सयभन्दा बढी आप्रवासी वेपत्ता

१ वर्ष अगाडि

काठमाडौं । भूमध्यसागरमा डुंगा दुर्घटना हुँदा एक सयभन्दा बढी आप्रवासी वेपत्ता भएका छन् । लिबियाको तटीय क्षेत्र भूमध्य सागरमा एक सयभन्दा बढी आप्रवासी चढेको डुंगा दुर्घटना भएको हो ।

हालसम्म आठ जनाको शव फेला परेको जनाइएको छ भने चार जनालाई जिउँदै उद्धार गरिएको छ । डुंगामा युरोप प्रवेश गर्ने क्रममा रहेका आप्रवासी रहेका थिए ।

उनीहरु कुन देशका नागरिक थिए भन्ने खुलेको छैन । द्वन्द्वग्रस्त मुलुकका बासिन्दा आप्रवासीका रुपमा युरोप प्रवेश गर्ने क्रममा अधिकांश डुंगा दुर्घटनामा पर्ने गरेका छन् ।

गत सातामात्रै लिबिया र इटलीको तटीय क्षेत्रबाट भूमध्य सागर पार गर्न लागेका ५ सय ५० आप्रवासीको उद्धार गरिएको थियो ।

यसैबर्ष मात्रै एक हजारभन्दा बढी आप्रवासी युरोप प्रवेश गरिसकेका छन् । (एजेन्सी)


प्रकाशित मिति : आइतबार, माघ २ , २०७३ 11:47:38

प्राप्त प्रत्रिक्रियाहरु

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):