Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

'संशोधन प्रस्ताव कुनै हालतमा पास हुन दिदैनौं': कांग्रेस नेता भण्डारी

१ वर्ष अगाडि

बुटवल l कांग्रेस नेता चन्द्र भण्डारीले संविधान संशोधन प्रस्ताव कुनै हालतमा पास हुन नदिने बताएका छन् ।

प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले देशको हित र नागरिकको चाहनाविपरीत संशोधन प्रस्ताव आएकाले यसलाई विफल पार्ने बताए ।  संशोधन प्रस्तावमा कांग्रेस नेतृत्वको समर्थन रहे पनि कांग्रेसको नीति वा निर्णय नभएकाले पार्टीले ह्वीप लगाए पनि यसलाई कुनै हालतमा नमान्ने उनको जीकिर छ ।

नेता भण्डारीले संशोधन प्रस्ताव भरसक छलफलमै जान नदिने र गइहाले पनि विपक्षमा उभिने बताए । ‘शेरबहादुर देउवाको ९९ दशमलव ९८ प्रतिशत कुरा र समय मान्छु तर २ सेकेण्ड उहाँको कुरा मान्दिनँ’ उनले भने, ‘त्यतिबेला नागरिक र प्रदेशको हित सम्झने छु र विरोधमा उत्रने छु ।’ नेता भण्डारीले ९१ प्रतिशत प्रतिनिधिले पास गरेको संविधानलाई कसैले भनेको, कसैलाई गुण लाउने र कसैको ठेक्का लिने आधारमा संशोधन गर्न नहुने बताए ।

प्रदेश नम्बर ५ टुक्राउने कुराले तराई र पहडलाई अलग गर्ने रोग देशभर सरेको र नागरिकता विधेयक संशोधनले धेरै विदेशी नेपाली नागरिक बन्ने खतरा बढेको नेता भण्डारीको तर्क छ । संविधान संशोधन गर्दा हुने खतरा नेतृत्व सम्हालेका शेरबहादुर र प्रचण्डले नबुझेको भन्दै उनले बुझाउन आफूसहितका नेता अहिले लागीपरेको र जनमत पनि बढ्दै गएको बताए । 

‘तराईका हरुवा नेताहरुलाई उचालेर नेपाललाई अनावश्यक विवादमा फसाउने र कमजोर तुल्याउन खोज्ने दिल्लीलाई जवाफ दिन पनि संशोधन विधेकलाई असफल बनाउने छौं’ नेता भण्डारीले भने । संशोधन विधेयक असफल भए मात्रै तराईमाथिको कुदृष्टि हट्ने र दिल्लीले नेता होइन नेपाली जनतासितको सम्बन्ध बढाउने उनले तर्क गरे । ‘छिमेकीले नेपाली नागरिक राष्ट्रियताका लागि कन्सन्स छन् भन्ने बुझ्नेछन्’ उनले भने, ‘तराई बलियो हुनेछ, सीमा मिचिने छैन, बाढी पस्ने छैन, सुस्तावासीलाई झुटा मुद्दा पनि लाग्ने छैनन् ।’


प्रकाशित मिति : शनिबार, माघ १ , २०७३ 16:40:41

प्राप्त प्रत्रिक्रियाहरु

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):