Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

के हो प्याप स्म्येअर (PAP SMEAR) टेस्ट ?  

१ वर्ष अगाडि

नेपालजस्तो अविकसित देशमा पाठेघरको मुखको क्यान्सर महिलाहरुमा देखिने प्रमुख क्यान्सर समस्या हो । नेपालको कूल जनसंख्यामध्ये १५ वर्षभन्दा माथि करिब एक करोड १६ लाखको हाराहारीमा महिला रहेका छन्, जो पाठेघरको मुखको क्यान्सरको उच्च जोखिममा छन् । हालसालै प्रकाशित एक प्रतिवेदनअनुसार नेपालमा प्रत्येक वर्ष करिब २५ सय महिलाहरुमा यो क्यान्सर देखापर्छ । जसमध्ये १४ सयजनाको हाराहारीमा सो समस्याबाट मृत्यु हुने गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार शतप्रतिशत भाइरल संक्रमणबाट हुने एकमात्र क्यान्सर पाठेघरको मुखको क्यान्सर हो । ह्युमन पपिल्लोमा भाइरस भनिने उक्त भाइरस प्राय: सबै फैलिसकेको क्यान्सर (Malignant)  मा देखिएको छ । अहिले यस भाइरसको भ्याक्सिन पनि उपलब्ध भैसकेको छ ।

के हो प्याप स्म्येअर टेस्ट ?

प्याप स्म्येअर टेस्टलाई पाठेघरको मुखको पानीको जाँच अथवा गर्भासय श्राव परीक्षण पनि भनिन्छ । यो एउटा सहज दुखरहित जाँच हो । यो जाँच गर्दा स्त्री रोग विशेषज्ञले पाठेघरको मुखबाट विशेष सामग्री प्रयोग गरेर की कोष निकाल्नु हुन्छ र त्यसलाई एउटा सिसामा फैलाएर प्याथोलोजिस्ट कहाँ पठाउँछन् । प्याथोलोजिस्टले माइक्रोस्कोपमा ती कोषहरुलाई हेरेपछि त्यसमा संक्रमण रहेको या क्यान्सर नै रहेको भन्ने पत्ता लाग्दछ ।

कहिले गर्ने प्याप टेस्ट ?

अमेरिकन क्यान्सर सोसाइटीका अनुसार २१ देखि ६५ वर्ष उमेरका महिलाले प्रत्येक ३-३ वर्षमा प्याप स्म्येअर टेस्ट गराउनु पर्दछ । यदि कुनै महिलाको पूरै पाठेघरको अपरेशन गरेको छ भने उनीहरुले यो गराउनु पर्दैन । गर्भवती भएको बेलामा पनि यो जाँच गर्न मिल्छ । चिकित्सकको सल्लाहअनुसार यो जाँच गर्नु पर्दछ ।

सरकारी दायित्व : सरकारको उपस्थिति कहाँ कति ?

नेपाल सरकारले फाट्टफुट्टरुपमा ह्युमन पपिल्लोमा भाइरसको भ्याक्सिनेसन कार्यक्रम चलाए पनि त्यो अझै प्रभावकारी हुन सकेको छैन । सबै सरकारी अस्पतालमा यस क्यान्सरको जाँच निशुल्क गर्ने निर्णय स्वागतयोग्य छ  । अझै पनि यसको बारेमा जनचेतनाको कमीले गर्दा रोग निर्मूल पार्न सकिने भए पनि नेपालका महिलाको मृत्युको प्रमुख कारण यही रोग बनिरहेको छ । यसप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ ।

                                                                                                     (प्याथोलोजिस्ट, लाइफ लाइन अस्पताल दमक झापा)       


प्रकाशित मिति : शनिबार, माघ १ , २०७३ 16:18:18

प्राप्त प्रत्रिक्रियाहरु

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):