Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

पूर्वेली गायिका राईको ‘मोरङ बेलबारी’ बजारमा

१ वर्ष अगाडि

झापा । पूर्वेली गायिका मालती राईले ‘मोरङ बेलबारी’ बोलको गीतको म्यूजिक भिडियो बजारमा ल्याएकी छिन् । पथरी मोरङकी गायिका राईले हालै यो म्यूजिक भिडियो बजारमा ल्याएकी हुन् ।
 
टिका चाम्लिङको शब्द, मनोज साङसमको संगीत, विष्णु अधिकारीको एरेन्ज रहेको सो गीतमा माया प्रेममा चुर्लुम्म डुबेको भावलाई शब्द र गीतले सजाइएको छ । नेपाली संस्कृतिलाई विशेष प्राथमिकता दिएर छायाँकन गरिएको म्यूजिक भिडियो सबैको मनछुने भएको राईले बताएकी छिन् । 

सो म्यूजिक भिडियोलाई राकेश राईले निर्देशन गरेका छन् । संगीतको क्षेत्रमा चर्चा बटुल्टै गरेकी गायिका राईले पछिल्लो समयमा एक पछि अर्को गर्दै म्यूजिक भिडियो सार्वजनिक गरिरहेकी छिन् । पेशाले ब्युटिसियन उनी संगीत क्षेत्रमा लागेको लामो समय भईसकेको छ । 
 
चार महिना अगाडि उनले ‘मेरो भाव’ गीति एल्बम सार्वजनिक गरेकी थिइन् । त्यही एल्बममा समावेश गरिएको ‘माझी नै हो..’ बोलको गीतको म्यूजिक भिडियो केही महिना अगाडि सार्वजनिक गरेकी थिइन् ।

भिडियो हेर्नुहोस्

 


प्रकाशित मिति : शनिबार, माघ १ , २०७३ 13:15:18

प्राप्त प्रत्रिक्रियाहरु

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):