Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

धाईजन गाविसको बजेट एक करोड

१ वर्ष अगाडि

धाईजन । धाईजन गाविसले आर्थिक वर्ष २०७४/०७५ का लागि गाविसको विकासमा खर्च हुने गरी एक करोड बराबरको बजेट सार्वजनिक गरेको छ । 

शुक्रबार गाविस परिषरमा आयोजित आर्थिक वर्ष २०७४/०७५ को २४औं गाँउ परिषद्बाट स्विकृत बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाविस सचिव सुदर्शन बरालले एक करोड सात लाख ७३ हजार रुपैयाँको बजेट सार्वजनिक गरे । यो बजेट सामाजिक सुरक्षा भत्ता बाहेक भएको बरालले बताए ।
 
उक्त बजेट पौष २४ गते बसेको गाउँ परिषद्बाट पारित भएको हो । त्यस्तै, लक्षित बर्गतर्फ २८ लाख १४ हजार ९३ रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रकोप व्यवस्थापन र सडक मर्मत संभारमा दुई लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, पूर्वाधार विकास तर्फ, मानव संशोधन विकास र कृषिमा ५१ लाख तीज हजार ३३४ रुपैयाँ जिनियोजन गरिएको गाजिस सचिज बरालले जनाए ।
 
उनका अनुसार गाविसका कर्मचारीको क्षमता अभिबृद्धिका लागि तालिमको ब्यवस्था गरिने छ । सूचनामैत्री गाविस बनाउन विभिन्न सञ्चारमाध्यम र पत्रपत्रिकाबाट सूचना सम्प्रेण गरिने बरालले सुनाए । त्यस्तै, आर्थिक वर्ष २०७४/०७५ भित्र गाविसलाई बालमैत्री, बिसादीरहित र धुवारहित गाविस घोषणा गर्न पहल गरिने बजेट पुस्तिकामा उल्लेख छ । 
 
जिल्ला विकास समिति झापाका स्थानीय विकास अधिकारी खेमराज ओझाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा जग्गादाता हरिप्रसाद कार्कीलाई दोसल्ला ओडाई सम्मान गरियो । बलभद्र माविका प्रधानाध्यापक गोबिन्द डाँगी, महिला प्रतिनिधि मालती बिष्ट, बाँसबारी सामुदायिक बनका अध्यक्ष दुर्गाप्रसाद शिवाकोटी, हरिचरण बाँनिया, नरेन मेचेलगायतले शुभकामना मन्तब्य राखेका थिए ।


प्रकाशित मिति : शनिबार, माघ १ , २०७३ 13:08:57

प्राप्त प्रत्रिक्रियाहरु

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):