Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

सामुहिक व्यवसायीक कृषि उत्पादनमा जोड्

१ वर्ष अगाडि

दमक । जिविकोपार्जन मुखी कृषिको अन्त गर्दै सामुहिक व्यवसायीक कृषि उत्पादनमा जोड् दिनुपर्ने कार्यक्रमका सहभागीहरुले बताएका छन् । 

जिल्ला कृषि विकास कार्यालयले शुक्रबार दमकमा आयोजना गरेको कृषि विकास उपलब्धि, सभावना र चुनौतीका विषयमा भएको अन्तरक्रियाका सहभागीहरुले निराशा मुखी कृषि प्रणालीलाई छोडेर सामुहिक र यन्त्रीक रुपबाट खेती गर्नुपर्ने बताएका हुन् । 

कृषि विकास कार्यालय झापाका योजना अधिकृत सितल भट्टराईले यन्त्रीक प्रविधिलाई साथमा लिएर सामुहिक रुपमा खेती गर्नुपर्ने जनाए ।जग्गाको खण्डीकरण गर्ने क्रम बढेसँगै परिवर्तन ल्याएर उत्पादन बढाउनु पर्ने योजना अधिकृत भटराईले सुनाए ।

पत्रकार मञ्च दमकका अध्यक्ष विष्णु पोखरेलले माटोको गुणस्तर बृद्धि गर्दै उत्पादन बढाउन किसान आफैले मिहेनत गर्नुपर्ने बताए । पत्रकार महासंघ झापाका सहसचिव गोपाल झापालीले किसानहरु समुहमा मिलेर व्यवसायीक रुपमा गरेका खेतीलाई सञ्चार माध्यमले पहिलो प्राथमिता दिनुपर्ने जनाए । अन्तरक्रिया कार्यक्रममा बोल्दै कृषि कार्यालयका प्राविधिक सहायक शालिग्राम भटराईले पुरानो प्रणालीलाई छोडेर आधुनिक रुपमा किसानले खेती गर्नुपर्ने सुझाए । 

कार्यक्रममा पत्रकार झापालीले झापाको कृषि र सञ्चार माध्यममा कृषि विषयकको आधारपत्र प्रस्तुत गरेका थिए । जिल्लामा धान खेतीसँगै झापामा तरकारी खेती, माछापालन, दुग्ध उत्पादन तथा बगुरपालनलगायतको सम्भावना रहेको उक्त आधार पत्रमा उल्लेख छ ।

कार्यक्रममा आर्थिक वर्ष २०७३/०७४ मा कृषि कार्यालयले सञ्चालन गर्ने कार्यक्रमको विषयमा जानकारी दिएको सहभागी कृषि सम्पर्क केन्द्र दमककी प्रमुख केदारकुमारी अधिकारीले बताइन् । 


प्रकाशित मिति : शनिबार, माघ १ , २०७३ 12:52:51

प्राप्त प्रत्रिक्रियाहरु

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):