Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

काबेली ‘ए’ जल विद्युत आयोजनाको निर्माणमा ढिलाइ

१ वर्ष अगाडि

ताप्लेजुङ । जग्गा समस्याका कारण ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको काबेली नदीबाट उत्पादन गर्न लागिएको काबेली ‘ए’ जल विद्युत आयोजनाको निर्माणमा ढिलाइ भएको छ ।

दशैंपछि काम थालिने भनिएको आयोजनाको काम विश्व बैंकसँगको सम्झौता अनुसार सडक क्षेत्र छुट्याउनुपर्ने भएकाले अझै सडक छुट्यााउन नसक्दा निर्माण सुरु हुन नसकेको हो ।

विश्व बैंकले सन् २०१० मा गरेको सम्झौता अनुसार सडक क्षेत्र छुट्याउने उल्लेख थियो ।

३७ दशमलव ६ मेगावाट विद्युत उत्पादन हुने काबेली ‘ए’ जल विद्युत आयोजनाको निर्माणमा विश्व बैंक र अन्तर्राष्ट्रिय वित्तीय संस्था (आईएफसी) कोे ८० प्रतिशत ऋण लगानी तथा २० प्रतिशत प्रवद्र्धक कम्पनीको लागत रहनेछ ।


प्रकाशित मिति : शनिबार, माघ १ , २०७३ 12:28:18

प्राप्त प्रत्रिक्रियाहरु

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):