Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

अस्पतालबाट चोरिएकी एक बालिका १८ वर्षपछि जीवित फेला

१ वर्ष अगाडि

काठमाडौं । अमेरिकामा जन्मनासाथ अस्पतालबाट चोरिएकी एक बालिका १८ वर्षपछि जीवित भेटिएकी छन् ।

सन् १९९८ को जुलाइमा फ्लोरिडाको ज्याक्सनभिलामा रहेको अस्पतालबाट जन्मने बित्तिकै चोरिएकी कामिया मोब्ली १८ वर्षपछि जीवित भेटिएकी हुन् ।

मोब्लीलाई अस्पतालबाट चोर्ने ५१ वर्षकी ग्लोरिया विलियम्सलाई प्रहरीले साउथ क्यारोलिनाको वाल्टरबोरोबाट पक्राउ गरेको छ ।

मोब्लीले विलियम्सलाई नै आफ्नी आमा मान्दै आएकी थिइन् । विलियम्सले मोब्लीको नाम पनि परिवर्तन गरेकी थिइन् । डिएनए परीक्षणबाट मोब्लीको पहिचान गरिएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको ज्याक्सनभिलाका अधिकारीले बताएका छन् ।

जन्मिएको ८ घण्टापछि नै हेल्थ केयर वर्करको रुपमा आएकी महिलाले मोब्लीलाई लगेकी थिइन् । २५ सय भन्दा बढी सूचनाको आधारमा मोब्लीलाई पहिचान गर्न सफल भएको सरकारी अधिकारीले बताएका छन् ।

मोब्लीका परिवारलाई यस बारेमा जानकारी गराइएको छ । तर परिवारसँग कसरी भेट्ने भन्ने निर्णय मोब्ली आफैले गर्न पाउने छिन् ।


प्रकाशित मिति : शनिबार, माघ १ , २०७३ 12:01:53

प्राप्त प्रत्रिक्रियाहरु

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):