Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

रुसी घूसपैठ सम्बन्धमा अमेरिकी सिनेटले छानविन गर्ने

१ वर्ष अगाडि

काठमाडौं । अमेरिकी सिनेटको इन्टेलिजेन्स कमिटीले अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी घूषपैठसम्बन्धमा छानबिन गर्ने निर्णय गरेको छ ।

समितिले राष्ट्रपति निर्वाचनमा रुसको हस्तक्षेप र साइबर आक्रमणसम्बन्धमा कस्तो घूषपैठ भएको थियो भन्नेबारे अध्ययन गरी प्रतिवेदन दिनेछ । यसक्रममा नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगीहरुसँग पनि सोधपूछ गरिने छ ।

निर्वाचनमा रुसी जासूसी निकायको संलग्नता भए÷नभएको पत्ता लगाउने विषय निकै चुनौतिपूर्ण हुने उक्त कमिटीले जनाएको छ ।

यता, नवनिर्वाचित राष्ट्रपति ट्रम्पले पनि निर्वाचनमा रुसी संलग्नतासम्बन्धमा गरिएको प्रचारबाजीबारे अनुसन्धान गरी नब्बे दिनभित्र आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता जनाइसकेका छन् ।

इमेल ह्याकिङ र आफ्नाबारे रुससँग गम्भीर र आपत्तिजनक प्रमाणहरु रहेको भन्दै गरिएको प्रचार तथ्यहीन र अफवाह फैलाउने कूत्सित नियतमात्रै भएको ट्रम्पको जिकीर छ ।

इमेल ह्याकिङमा संलग्न भएकै आरोपमा ओबामा प्रशासनले ३५ रुसी कूटनीतिज्ञलाई अमेरिकाबाट निष्काशन गरेको थियो ।


प्रकाशित मिति : शनिबार, माघ १ , २०७३ 11:59:03

प्राप्त प्रत्रिक्रियाहरु

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):