Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

कण्डम र पिल्स निशुल्क बाँड्न राष्ट्रपतिको आदेश

१ वर्ष अगाडि

भ्रष्टचारीलाई हेलिकप्टरबाट खसाल्नेलगायतका विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आएका फिलिपिन्सका राष्ट्रपतिले अर्को चर्चित आदेश जारी गरेका छन् ।  राष्ट्रपति रोडि्रगो डुटेर्टेले ६० लाख महिलालाई निशुल्क रुपमा गर्भनिरोधका साधन बाँड्न सरकारी निकायहरुलाई आदेश दिएका हुन् ।

खासगरी गरीब महिलाहरुमा अनिच्छित गर्भाधारण कम गर्ने आफ्नो इच्छा अनुसार यस्तो आदेश जारी गरिएको उनको भनाई छ । राष्ट्रपतिको यस्तो आदेशको रोमन क्याथोलिक चर्चहरुबाट तिव्र रुपमा विरोध हुने अपेक्षा गरिएको छ । ८० प्रतिशत फिलिपिनोहरु रोमन क्याथोलिक धर्माबलम्बी हुन् ।

यसअघिका राष्ट्रपतिलाई देशमा गर्भनिरोधक साधनको विस्तार गर्ने सम्बन्धी विधयेक पारित गर्न वर्षौँसम्म संघर्ष गर्नुपरेको थियो । तर गर्भपतन विरोधी समूहहरुको उजुरीपछि त्यहाँको सर्वोच्च अदालतले गतवर्ष अस्थायी साधन वितरणको काम अस्थायी रुपमा रोक्न आदेश दिएको थियो । सर्वोच्चको यस्तो आदेश खारेज गर्न माग गर्दै सरकारले पुनरावेदन गरिसकेको छ ।

अनिच्छित गर्भाधारणका कारण बढेको जन्मदरलाई फिलिपिन्समा गरिबी निवारणमा प्रमुख चुनौती मानिएको छ । अहिले फिलिपिन्सको गरिबी २१ दशमलव ६ प्रतिशत छ र सन् २०२२ सम्ममा १३ प्रतिशतमा झार्ने लक्ष्य छ ।


प्रकाशित मिति : शुक्रबार, पौष २९ , २०७३ 12:45:00

प्राप्त प्रत्रिक्रियाहरु

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):