Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

तास्मानियामा फैलदै नेपाली समुदाय

१ वर्ष अगाडि

होवर्ट । अस्ट्रेलियाको मेनल्यान्डबाट अलग रहेको तास्मानियामा पछिल्लो २ बर्षमा नेपालीहरुको संख्या झन्डै दोब्बर भएको छ।

तास्मानिया सरकारले सन् २०५० सम्म आफ्नो जनसंख्या ५ लाख १५ हजारबाट बढाएर छ लाख ५० हजार पुर्याउने लक्ष्यअनुसार ल्याएको माइग्रेसन फ्रेन्ड्ली नियमका कारण पनि पीआरका लागि अस्ट्रेलियाका अन्य भागबाट तास्मानिया जाने नेपालीहरुको संख्या बढेको छ ।

पछिल्लो दुई बर्षमा नेपालबाट अध्ययनका लागि आउने विद्यार्थीको संख्या पनि बढेको छ। गैर आवासिय नेपाली संघ को गतिबिधीबाट अलग रहेको अस्ट्रेलियाको एक मात्र राज्य तास्मानियामा नेपालीहरुको संख्या बढेसँगै यहाँको सँस्था नेपाली सोसाइटी अफ तास्मानियाले पनि आफ्नो सक्रियता बढाएको छ।

नेपाली ब्यवसाय ज्यादै न्यून संख्यामा रहेको तास्मानियामा यो बर्ष मात्रै तीन नयाँ ब्यवसायहरु खुलेका छन् । नेपालीहरु मुख्यत: तास्मानियाको होबर्टमा छन् जहाँ करिब एक हजारको संख्यामा नेपाली रहेको नेपाली सोसाइटी अफ तास्मानियाको विश्वाश छ। साथै तास्मानियाका दुई मुख्य शहरहरु होबार्ट र लन्सेस्टनमा थुप्रै संख्यामा भुटानी शरणार्थीहरुको पनि बसोबास रहेको छ।


प्रकाशित मिति : बिहिबार, पौष २८ , २०७३ 11:18:25

प्राप्त प्रत्रिक्रियाहरु

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):