Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

वेलायतमा थिर थापाले गरे एकल सांगीतिक प्रस्तुति

१ वर्ष अगाडि

लण्डन । गायक थिर थापाको एकल सांगीतिक कार्यक्रम लण्डन नजिकैको केन्टस्थित आसफोर्ड सहरमा रहेको नेपाली रेष्टुरेन्ट गोर्खा भिल्लामा हालै सम्पन्न भएको छ ।

विश्व नेपाली साहित्य महासंघ वेलायत शाखाको आयोजनामा भएको सांगीतिक कार्यक्रममा गायक थापाले अग्रज गायकहरुको सम्झना गर्दै स्व. गोपाल योन्जनले गाएका आधा दर्जन गीतहरु प्रस्तुत गरेर उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए ।

सो कार्यक्रमकाबीच गायक मोहन लिम्बूले ‘खोटाङ बजार’ बोलको गीत प्रस्तुत गरेका थिए भने संघका उपाध्यक्ष औतारी साइँलाले ‘भूकम्प’ नामक कविता र साहित्यकार सुष्मा रुपावुङ राईले प्रदेशी भूमिमा रहेपनि गाउँ घरको यादहरुलाई शीर्षकको कविता बाचन गरेका थिए ।

कार्यक्रमको प्रारम्भमा विश्व नेपाली साहित्य महासंघका केन्द्रीय अध्यक्ष साहित्यकार विश्वास दिप तिगेला, महासंघ साउथ शाखा बेलायतका अध्यक्ष वातावरणविद तथा साहित्यकार विजय हिताललगायतले दोसल्ला ओढाएर तथा कदरपत्र प्रदान गरेर गायक थापाको सम्मान गरेका थिए । कार्यक्रममा सहभागी बनेकी गायककी आमा ८५ वर्षीया फिस्टिमाया थापालगायतले गायक थापालाई आशीर्वाद दिएका थिए ।

सांगीतिक कार्यक्रमलाई पत्रकार जानुका राईले मनोरञ्जनात्मक मुक्तक वाचन गर्दै  सञ्चालन गरेकी थिइन् । थापा पछिल्लो समय वेलायतमा रहँदै आएका छन् । उनको एकल प्रस्तुतिका निम्ति शाखाका महासचिव जानुका राई र सचिव करिष्मा घमले संयोजन गरेका थिए ।


प्रकाशित मिति : सोमबार, पौष २५ , २०७३ 11:24:19

प्राप्त प्रत्रिक्रियाहरु

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):