Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

११ लाखमा कृषि उपज केन्द्र

१ वर्ष अगाडि

गौशाला । महोत्तरी जिल्लाको कान्तिबजारमा ११ लाखको लागतमा जिल्लाकै पहिलो कृषि उपज केन्द्र निर्माण भएको छ ।

जिल्लाको पश्चिमवर्ती दुर्गम गाविस लक्ष्मीनियाँ गाविस–७ स्थित कान्तिबजारमा जिल्ला कृषि विकास कार्यालयको रु नौ लाख ६९ हजार र उपभोक्ताको  एक लाख ४५ हजार ८७९ गरी कुल  ११ लाख १४ हजार ८७९ रूपैयाँको लागतमा दुई कोठे पक्की कृषि उपज केन्द्र निर्माण गरिएको हो ।

त्यसैगरी सो केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने दुई लाख ६० हजार रूपैयाँ बराबरको भौतिक स्रोत साधन सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिबासले प्रदान गरेको छ ।

कान्तिबजारमा जिल्लाकै पहिलो कृषि उपज केन्द्र स्थापना भएपछि सो क्षेत्रका हजारौँ किसानले आ-आफ्ना उत्पादन बजारमा सुरक्षित र समयानुसार पूर्ति गर्न सक्ने तथा आफैँले उचित मूल्य निर्धारण गर्न सकिने भएको भन्दै खुसी व्यक्त गरेका छन् ।


प्रकाशित मिति : आइतबार, पौष २४ , २०७३ 12:15:26

प्राप्त प्रत्रिक्रियाहरु

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):