Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

 दाङ देउखुरी समाजको अध्यक्षमा पुरी

१ वर्ष अगाडि

कतार । दाङ देउखुरी सेवा समाज दोहा कतारको तेश्रो साधारणसभा नयाँ नेतृत्व चयन गर्दै कतारको नज्मास्थित अल नक्यान रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ । 

संस्थाका अध्यक्ष सूर्य सुवेदीको अध्यक्षतामा सम्पन्न सभामा संस्थापक अध्यक्ष गणेशप्रसाद बन्जाडे प्रमुख अतिथि थिए । साधारणसभामा संस्थाका प्रथम उपाध्यक्ष बसन्तराज पुरीले स्वागत मन्तब्यबाट तथा दाङ्गाली कलाकरहरुले गीतबाट उपस्थितलाई स्वागत गरेका थिए ।

कार्यक्रममा संस्थाका महासचिव लीलामणि लामिछानेले संस्थाको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष युद्ध भुसालले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

सो साधारणसभाले बसन्तराज पुरीको नेतृत्वमा सर्वसम्मतिमा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । अध्यक्ष बसन्तराज पुरी, प्रथम उपाध्यक्ष हेमबहादुर बस्नेत, द्वितिय उपाध्यक्ष युद्धबहादुर भुसाल, महासचिव लिलाधर आचार्य, सचिव रणबहादुर केसी, कोषाध्यक्ष मिनराज पुन र सहकोषाध्यक्षमा सुवास रजौरे चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा ईश्वर जिसी, नवराज एमसी, मणिरत्न तुलाधर, शेरसिंह बिष्ट, नारायण थापा, ऋषिराज केसी, छबिलाल बुढाथोकी, राजन चापागाइ, धनबहादुर वली, हिमाल खड्कालाई चयन गरिएको छ । 

साथै गोपाल पोख्रेल, दुर्गाबहादुर सोती, देवी अधिकारी, राजेन्द्र जिसी, केशव बिएमलाई वैकल्पिक सदस्यमा चयन गरेको जनाएको छ ।             


प्रकाशित मिति : शनिबार, पौष २३ , २०७३ 17:13:00

प्राप्त प्रत्रिक्रियाहरु

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):