Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

वार्षिकोत्सवमा चारजनालाई प्याब्सन झापाको सम्मान

१ वर्ष अगाडि

गौरादह । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को २६औं वार्षिकोत्सवको अवसरमा शिक्षा क्षेत्रमा योगदान पुराएका चार जनालाई आज प्याब्सन झापाले सम्मान गरेको छ ।

गौरादह १२ स्थित इमिनेन्ट कञ्चनजंघा अंग्रेजी बोर्डिङ स्कुलमा आयोजित वार्षिकोत्सव कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका र विधालय निरीक्षकलाई सम्मान गरिएको हो । 

भोलिसम्म सञ्चालन हुने वार्षिकोत्सव कार्यक्रम प्याब्सन झापाका अध्यक्ष कोषराज प्याकुरेलको अध्यक्षता तथा राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक अम्बिका रेग्मीको प्रमुख आतिथ्यमा भएको हो । 

प्याब्सन झापाले बोर्डिङ स्कूलका प्रिन्सिपल मध्येबाट ज्योति इङ्लीस बोर्डिङ स्कूल शनिश्चरेका सञ्जीव प्रधान र विद्यालय निरीक्षकतर्फ जिल्ला शिक्षा कार्यालय झापाका सुरेन्द्र दाहाललाई सम्मानित गरेको हो । यस्तै शिक्षक शिक्षिकातर्फ फाइभ स्टार बोर्डिङ स्कूल मेचीनगरका लेहाङ रक लेप्चा र महानन्द शिक्षा सदनकी सविता शेर्पा सम्मानित भएका हुन् । सम्मानित हुने सबैलाई प्रमुख अतिथि रेग्मीले सम्मानपत्र हस्तान्तरण गरेर सम्मान जनाएका थिए ।
 


दुई दिने कार्यक्रमअनुसार आज जिल्लाभरबाट छनौट भएर आएका जुनियरतर्फको गायन र नृत्य विधाका कलाकारले प्रतिष्पर्धा गरेका छन् भने भोलि माविस्तरको नृत्य तथा गायनतर्फका विद्यार्थीले प्रतिष्पर्धा गर्ने प्याब्सन झापाका सदस्य सन्तोष दाहालले जानकारी दिए । 
        


प्रकाशित मिति : शनिबार, पौष २३ , २०७३ 16:59:38

प्राप्त प्रत्रिक्रियाहरु

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):