Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

मेल्बर्नमा नेपाली चित्रकला प्रदर्शनी हुँदै

१ वर्ष अगाडि

मेलवर्न । मेल्बर्नमा सधैं भईराख्ने कार्यक्रमहरु भन्दा अली  भिन्न स्वरुपको कार्यक्रम यहि जनवरी १४ तारिक हुँदैछ। यहाँको चित्रकार ग्यालरीले नेपालको साँस्कृतिक, धार्मिक र प्राकृतिक बिबिधता झल्काउने चित्रकला प्रदर्शनी गर्ने भएको छ।

सो चित्रकला प्रदर्शनी मा नेपाल झल्काउने झन्डै ४० वटा चित्रहरु हुनेछन् भने परम्परागत माटोका मुकुन्डोहरु पनि राखिने छन्। निःशुल्क प्रबेशको ब्यबस्था गरिएको सो प्रदर्शनीमा चित्रकला किन्नेहरुका लागि सुपथ मूल्य राखिएको चित्रकार ग्यालरीका अरुण चित्रकार बताउँछन्।

उनका अनुसार चित्रकला आफ्नो पुर्ख्योली ब्याबसाय भए पनि मेल्बर्नमा चित्रकार ग्यालरी शुरु गरेको जम्मा १० महिना पुगेको छ। चित्रकार ग्यालरी मार्फत उनले ब्यवसाय मात्रा गरेका छैनन्, नेपाललाई चिनाएका पनि छन्।

यसपटक  मेल्बर्नको नेपाल फेस्टिवलमा चित्रकार ग्यालरीको आफ्नै स्टल समेत थियो। चित्रकला, परम्परागत मुकुन्डो, ढलौट, काठ र माटोका मुर्तिहरु समेत राखिएको सो स्टल नेपाली मात्र नभै धेरै अस्ट्रेलियनहरुले पनि चासोपूर्वक अवलोकन गरेका थिए।

मेल्बर्नबाट सुरु हुने यो चित्रकला प्रदर्शनी अस्ट्रेलियाका अन्य शहरहरुमा पनि गरिने उनले बताए।


प्रकाशित मिति : शनिबार, पौष २३ , २०७३ 12:22:03

प्राप्त प्रत्रिक्रियाहरु

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):