Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

नेपाली राजनीतिमा बुढाका दिन गए :गिरी

१ वर्ष अगाडि

सिड्नी । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीले नेपाली राजनीतिमा अब बुढो पुस्ताको दिन सकिएको र उर्जावान युवाहरुको दिन आएको बताएका छन् ।

नेपाली कांग्रेस निकट नेप्लिज अष्ट्रेलियन डेमोक्रेटिक फोरमले सिड्नीको आसफिल्ड पार्कमा आयोजना गरेको बिशेष जमघटमा बोल्दै नेता गिरीले भने- अब नेपाली राजनीतिमा मेरो, रामचन्द्र (पौडेल)जी वा शेरबहादुर (देउवा)जीको जमाना गयो, उन्नतशील युवाको जमाना आयो ।’

तत्कालिन कांग्रेस सभापति बीपी कोइराला भारतमा आठ बर्षे निर्वासन त्याग गरी मेलमिलापको नीति लिएर नेपाल फर्किको दिनको सम्झना गर्दै एनएडीएफले आयोजना गरेको कार्यक्रममा गिरीले बुढो पुस्ताको जमाना सकिएको बताएका हुन् ।

भारतले नेपालमा प्रजातन्त्र पुनःस्थापनाका लागि सहयोग गर्ला भन्ने आसमा बीपीले जेलबाट निस्केर भारत निर्वासनमा गएको भए पनि इन्दिरा गान्धीले संकटकाल लगाएर बीपीलाई अप्ठेरोमा पारेको हुँदा उनी राजासँग मेलमिलापको नीति लिएर नेपाल फर्किएको इतिहास उनले सुनाए ।

नेता गिरीले अष्ट्रेलियाबासी नेपालीहरुलाई एकताबद्ध हुन र नेपालमा समाजबाद स्थापना गर्ने अभियानमा लाग्न अनुरोध गरे ।  सो अबसरमा नेपाली कांग्रेसकी नेतृ डीला संग्रौलाले गैरआवासीय नेपालीहरुले देश निर्माणमा राम्रो भूमिका खेल्न सक्ने बताइन । गैरआवासीय नेपालीहरुको माग पनि पुरा भएको हुँदा देश निर्माणमा योगदान गर्न सक्ने वातावारण बनेको उनको भनाइ थियो ।

एनएडीफका अध्यक्ष विवेक थापाले प्रदीप गिरी जस्ता समाजबादी चिन्तकहरुबाट सिड्नीबासी नेपालीहरुले ज्ञान प्राप्त गर्ने अबसर पाएको भन्दै नेता गिरीलाई समयका लागि धन्यबाद दिए ।

कार्यक्रममा एनआरएन अध्यक्ष सुरेन्द्र सिग्देल तथा एनआरएन आइसीसी संरक्षक इन्द्रा वन लगायतका नेपाली समुदायका अगुवाहरुको उपस्थीति थियो ।


प्रकाशित मिति : शनिबार, पौष २३ , २०७३ 12:20:48

प्राप्त प्रत्रिक्रियाहरु

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):