Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

पशुपतिको ५२ औं वार्षिकोत्सव सम्पन्न

लायन्सद्वारा कम्प्युटर र स्वीटर प्रदान

१ वर्ष अगाडि

पशुपति प्रावि डाँगीबारी ४ले ५२ औं वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा सांसदद्वय सरीता प्रसाई र हरि राजवंशी रहेका छन् । त्यस्तै उत्कृष्ट अभिभावक तर्फ चम्पा सोरेन, उत्कृष्ट कर्मचारीतर्फ फत्तेबहादुर खड्का सम्मानित भएका छन् ।


यसैबीच लायन्स क्लब अफ सुरुंगाले दुई थान कम्प्युटर, एक प्रिन्टर र ७५ थान स्वीटर प्रदान गरेको छ । विद्यार्थीलाई समसापेक्ष प्राविधिक शिक्षा उपलब्ध गराउन कम्प्युटरले सहायता प’र्याएको छ । जाडोको कारण विद्यालय आउन नसकेका विद्यार्थीलाई विद्यालय आउन र पढनलाई स्वीटरले सहायता पुर्याएको अभिभावकहरुको बुझाइ छ । यसैगरी लायन्सले विद्यालयका पियन फत्तेबहाुर खड्कालाई नगद पाँच हजारसहित दोसल्लाद्वारा सम्म्मान गरियो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणप्रसाद लुइटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी उद्धव विष्टको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा अजय अग्रवाल, लीलाप्रसाद चिमरिया लगायतले मन्त्व्इ राखेका थिए ।  प्रधानाध्यापक प्रेमप्रसाद भण्डारीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा स्वागत मेखप्रसाद भट्टराई र सञ्चालन कुलबहादुर बस्नेतले गरेका छन् ।
 


प्रकाशित मिति : शुक्रबार, पौष २२ , २०७३ 17:17:39

प्राप्त प्रत्रिक्रियाहरु

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):