Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

किसानको खेतमा अम्लीयपना

१ वर्ष अगाडि

दमक । झापाको दमकका किसानले गरेको माटो परीक्षणमा १५५ वटा नमूनामा अम्लीयपना रहेको पाइएको छ । 

सेतुमारी कृषि सहकारी संस्था दमक १५ ले हिजो र आज आयोजना गरेको निशुल्क माटो परीक्षणका क्रममा विभिन्न किसानका खेतको माटोमा धेरै अम्लीयपन पाइएको हो । किसानका खेतको माटोमा अम्लीयपन धेरै देखिएकोले यस्तो माटो बढी विषाक्त हुने, माटोमा भएको खाद्यतत्व बाली विरुवाले ग्रहण गर्न नसक्ने समस्या रहेको माटो परीक्षण प्रयोगशाला सुरुङ्गाका प्रमुख हरिबहादुर भुजेलले जानकारी दिए । 

माटोमा रहेको अम्लीयपन घटाउन पिएचको मात्रा बढाए मात्र किसानले सोचेअनुसारको उत्पादन गर्न सक्ने माटो विज्ञ भुजेलले सुनाए । त्यसका लागि कृषि चुन र बायोडिन हाल्नु पर्ने उनको सुझाव छ ।

माटोमा हुनुपर्ने नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा कमी भएको माटो प्राविधिकहरुले बताएका छन् । जिल्ला विकास समिति झापा र दमक नगरपालिकाको सहयोगमा भएको माटो परीक्षणमा दमकका २०९ किसानले माटो जाँच गराएको सेतुमारी कृषि सहकारी संस्थाले जनाएको छ । 

एक साता भित्र किसानको माटोमा देखिएका अम्लीयपना लगायतका सबै तत्वको परीक्षण प्रतिवेदन सहकारी संस्थालाई दिने प्रयोगशालाका प्राविधिक सीता खरेलले बताइन् । धेरै फलको आशा राखेर जहिले बाली लगाउने तर परिणाम शुन्य हुने अवस्थाबाट किसानलाई मुक्ति दिन उनीहरुका खेतको माटो ल्याएर परीक्षण गरेको सेतुमारी कृषि सहकारीका व्यवस्थापक दिपक खनालले बताए । 


प्रकाशित मिति : शुक्रबार, पौष २२ , २०७३ 17:07:03

प्राप्त प्रत्रिक्रियाहरु

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):