Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

काठका गोलियासहित ४ पक्राउ

१ वर्ष अगाडि

बेलबारी । मोरङको बेलबारी ४ लालभित्तिबाट काठका गेलियासहित ४ जना पक्राउ परेका छन भने ३ जना भाग्न सफल भएका छन् । 

सेक्टर वन कार्यालय बेलबारी, शसस्त्र वन रक्षक सलकपुर तथा वन समुहका केहि पदाधिकारीको टोलीले राति २ बजे उनीहरुलाई नियन्त्रणमा लिएको हो । दैनिक काठ चोरीका घट्ना बढ्न थाले पछि सुरक्षाकर्मीसहितको टोलिले ४ जनालाई नियन्त्रणमा लिएको छ ।

स्थानीय बागदेवी सामुदायिक वन उपभोक्ता समुहको कार्यालय नजिकैबाट गोलिया ल्याउदै गर्दा उनीहरुलाई नियन्त्रणमा लिएको सुरक्षाकर्मीले जानकारी दिएका छन् । पक्राउ पर्नेमा राजेन्द्र चौधरी सम्भुलाल चौधरी, दिपेन चौधरी र अनिल चौधरी रहेका छन् । 

साझेदारी सामुदायिक वनबाट चोरी गरेर ल्याउदै गरेको अबस्थामा उनिहरुलाई नियन्त्रणमा लिएको सुबेदार बिनोद भुजेलले बताए । तिन जना भने फरार रहेका छन । पक्राउ परेकालाई वन ऐन सम्बन्धी मुद्धा चलाईने सेक्टर वन कार्यालय सलकपुरले जनाएको छ ।


प्रकाशित मिति : बिहिबार, मंसिर २३ , २०७३ 11:28:25

प्राप्त प्रत्रिक्रियाहरु

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):