Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

लागुऔषधसहित दुई पक्राउ

१ वर्ष अगाडि

राजविराज । प्रहरीले सप्तरीको हनुमाननगर योगिनीमाई नगरपालिका–८ बाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय हनुमानगरबाट गएको प्रहरीले सो ठाउँमा चेकजाँच गर्ने क्रममा वडा–४ बस्ने ४५ वर्षीय सीताराम चौधरी र ४० वर्षीय जगदीश सदालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भारतबाट लुकाइछिपाई ल्याउँदै गरेको ४०० बोतल लागुऔषध कोरेक्ससहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए । 

यस्तै इलाका प्रहरी कार्यालय मोहलीले जिल्लाको बक्दुवा गाविस–२ स्थित करेसाबारी छेउमा रोपेको ७५ वटा गाँजाका बोट नष्ट गरेको छ ।


प्रकाशित मिति : शुक्रबार, मंसिर १७ , २०७३ 16:43:13

प्राप्त प्रत्रिक्रियाहरु

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):