Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

राजनीति

पेशागत महासंघले सातै प्रदेशमा प्रशिक्षणमूलक भेला गर्ने 

१ वर्ष अगाडि

झापा । पेशागत महासंघ नेपाल राष्ट्रिय समितिको तेश्रो पूर्ण वैठक काठमाडौंमा सोमबार सम्पन्न भएको छ । महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेलको अध्यक्षतामा बसेको बैठकले महासचिव विष्णु लामिछानेले प्रस्तुत गरेको सांगठानिक प्रस्ताव तथा कोषाध्यक्ष श्यामप्रसाद पाण्डेले प्रस्तुत गरेको आर्थिक प्रस्ताव

संसद बैठक आजपनि बस्दै

१ वर्ष अगाडि

काठमाडौ । व्यवस्थापिका संसद बैठक आज पनि बस्दै छ । 

संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे पछि बस्ने बैठकमा बैङ्क तथा वित्तिय संस्थासम्बन्धी विधेयक पारित हुन सक्ने सभामुखका प्रेस सल्लाहका बासुदेव शर्माले जानकारी दिए । 

हिजोको बैठकमा स्थानीय तह निर्वाचन विधेयक र निर्वाचन कसुर तथा सजाय

प्रतिवेदनसँगै स्थानीय तह सञ्चालन कार्यविधि आगामी मन्त्रिपरिषदमा लगिने

स्थानीय तह पुन: संरचना प्रतिवेदनको सारांश तयार गरिंदै

१ वर्ष अगाडि

काठमाडौं l संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह पुन: संरचना सम्बन्धी प्रतिवेदन आगामी मन्त्रिपरिषदमा पेस गर्ने तयारी गरेको छ । मन्त्रिपरिषदले प्रतिवेदनलाई कार्यान्वयनमा लाने निर्णय गरेर राजपत्रमा प्रकाशित भएपछि आयोगले गरेको सिफारिसअनुसार स्थानीय तहको पुन:संरचना लागू हुनेछ । 

सांसदहरू ‘बेपत्ता’ : संसद्मा हाजिरी ४०४, उपस्थिति ११६

१ वर्ष अगाडि

काठमाडौं l सरकारले संविधान संशोधन विधेयक दर्ता गरेको विरोधमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षीलगायत नौ दलको डेढ महिनादेखिको अवरोधले निकास पाएको २४ घन्टा नबित्दै सोमबार सञ्चालन भएको संसद्मा गणपूरक संख्या नपुग्दा दोस्रो बैठक बस्नुपर्‍यो ।

लामो समयपछि खुलेको संसद्को पहिलो काम थियो- सांसदको

एमाले मोरङको आठौं जिल्ला अधिवेशन आज

१ वर्ष अगाडि

बरिाटनगर । नेकपा एमाले मोरङको आठौं जिल्ला अधिवेशन आज सुरु हुँदैछ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने कायक्रम रहेको जनाइएको छ । 

जिल्ला अधिवेशनमा ८८२ जना प्रतनधि सहभागी हुनेछन् । अधिवेशन सम्पन्न गर्न ११५ जना स्वयमसेवक परिचालन गरिएको अध्यक्ष महेश रेग्मीले जानकारी दिए

संसद्को रुलिङ विपरीत विधेयक दर्ता गराएको नेपालको आरोप

१ वर्ष अगाडि

विराटनगर । नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधान संशोधन प्रस्ताव विफल पार्ने दाबी गरेका छन् ।

विराटनगरमा सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै नेता नेपालले प्रतिपक्षी दल सबैको विरोध र असहमति हुँदाहुँदै पनि सभामुखले संसद्को रुलिङ विपरीत विधेयक दर्ता गराएको आरोप लगाए ।

संसदीय मूल्य र

संविधान संशोधन विधेयक पास गर्न ५ मतको अभाव

१ वर्ष अगाडि

सरकारले संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा आइतबार टेबुल गरेलगत्तै विधेयक पारित गराउने अंकगणित शुरू भएको छ ।

सरकारसँग सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलसहित ३ सय ९३ जना सांसद छन् ।

दाहाल-ओलीको गोप्य मन्त्राणापछि खुल्यो संसद

१ वर्ष अगाडि

एक दिनअघिसम्म आक्रामक शैलीमा संविधान संशोधन विधेयक कुनै पनि हालतमा संसद्मा टेबुल गर्न नदिने हुँकार गर्दै आएको प्रमुख विपक्षी दल एमालेले रहस्यमय तरिकाले आफ्नो अडानमा परिवर्तन देखाएको छ।

आइतबार अपराह्न व्यवस्थापिका संसद्की सभामुख ओनसरी घर्तीमगरको पहलमा बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकमा

अनेम संघ दुहागढीमा मेनुका

१ वर्ष अगाडि

चारआली । अखिल नेपाल महिला संघ दुहागढीको अध्यक्ष मेनुका घिमिरे सर्वसम्मत चयन भएकी छन् । 

संघ र अखिल नेपाल किसान संघ दुहागढीको संयुक्त आयोजनामा सम्पन्न पिक्निक तथा खिचडी कार्यक्रम तथा नवौं सम्मेलनले घिमिरेलाई अध्यक्षमा चयन गरेको हो । 

संघको उपाध्यक्षमा विष्णुदेवि मिश्र, सचिवमा विन्दा

संसदको अवरोध हट्यो, निर्वाचन सम्बन्धी विधेयक पेश

१ वर्ष अगाडि

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि व्यवस्थापिका संसदको अवरोध हटेको छ । आइतबार बसेको संसदको बैठकमा एमालेसहितका विपक्षी दलका सांसदहरुले अवरोध गरेनन् ।

सरकारले ल्याएको संविधान संशोधन प्रस्तावविरुद्ध विपक्षी दलले संसद बैठक अवरुद्ध पार्दै आएका थिए ।

आइतबार संसद सुचारु भएपछि गृहमन्त्री