Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

अखबारका पानाबाट

प्रहरी आफैं अनुसन्धान गर्दै घटना थामथुम पार्ने प्रयास सुरू

१ वर्ष अगाडि

विमानस्थलबाट सुन तस्करी काण्डमा साना कर्मचारीलाई कारबाही गरेको देखाएर मुख्यलाई उन्मुक्ति दिने चलखेल सुरु भएको छ। भन्सार विभाग र विमानस्थल भन्सार कार्यालयले  अनुसन्धान भन्दै २९ जना कर्मचारीलाई निलम्बन गरेको छ। यस्तै विभागले एकजना उपमहानिर्देशकको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ।

उच्च अदालतमा न्यायाधीश बन्न दौडधुप

१ वर्ष अगाडि

लगातार बसेको न्याय परिषद् बैठकसँगै उच्च अदालतमा न्यायाधीश नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

प्रधानन्यायाधीश तथा परिषद् अध्यक्ष सुशीला कार्कीसहित परिषदको शुक्रबार बसेको बसेको बैठक कुन समूहबाट कतिजना न्यायाधीश बनाउने भन्नेबारे मोटामोटी निश्कर्षमा पुगेको छ। यो खबर हामीले आजको

पैसा छ, तर घर बनाउन मान्छे पाइन्न

१ वर्ष अगाडि

जस्ता र चित्रोले बारेको छाप्रो अघिल्तिर ५५ वर्षीया भीमकुमारी सिवाकोटी भाँडा माझ्दै थिइन्। भूकम्पमा लडेको उनको घरको अवस्था अहिले पनि उस्तै छ।

भूकम्पमा उनका एक हल गोरु र बोका मरे। सरकारले पीडितका लागि अनुदानस्वरूप बाँडेको ५० हजार रुपैयाँ उनले दसैँअघि नै पाइन्। तर, अझै घरको जग खार्न सकेकी छैनन्।

विमानस्थलबाट यसअघि नै ३ सय किलो सुन उम्काएँ

१ वर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरी र भन्सारका कर्मचारीको मिलोमतोमा गत एक वर्षमा तीन सय किलोभन्दा बढी सुन बाहिर ल्याउन आफू सफल भएको दाबी प्रहरी हिरासतमा रहेका गोपालबहादुर शाहीले गरेका छन् ।

बिहीबार ३३ किलो सुनसहित प्रहरीले पक्राउ गरेका शाहीले केन्द्रीय अनुसन्धान ब्युरो

लाइसेन्सको ट्राइल ढाँचा फेरियो

१ वर्ष अगाडि

यातायात व्यवस्था अञ्चल कार्यालय बागमती एकान्तकुनाले गाडीको लाइसेन्सका लागि लिँदै आएको प्रयोगात्मक (ट्रायल) परीक्षाको ढाँचा परिवर्तत गरेको छ।

यसअघि अंग्रेजी अङ्कका आठ ‘8’ आकारको वृत्तबाट शुरु भई यु (U) घुम्ती, उकालो र टी(T) पार्किङमा अन्त्य हुने गरेको थियो। अब नयाँ ढाँचा अनुसार टी (T) पार्किङबाट

प्रेरणाको सम्पत्तिसँग जोडिएका सात मिति

१ वर्ष अगाडि

तत्कालीन राजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणा सिंहलाई दाइजो दिएको छाउनीस्थित १५ रोपनी एक आना जग्गा सरकारमातहत आएको छ। सर्वोच्च अदालतले बिहीबार उक्त जग्गा सरकारकै भएको फैसला दिएको छ। पूर्वराजदरबारको नाममा रहेको जग्गा र महलको चल्तीको मूल्य करिब एक अर्ब हुन्छ।

प्रधानन्यायाधीश सुशीला कार्की र

घुम्नै पर्ने ठाउँको सूचीमा नेपालको लाङटाङ 

१ वर्ष अगाडि

काठमाडौं । न्यूयोर्क टाइम्सले नयाँ वर्ष २०१७ मा घुम्नै पर्ने ठाउँहरुको सूची सार्वजनिक गरेको छ । र, त्यो सूचीमा नेपालको लाङटाङ पनि परेको छ ।

अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले २०१७ मा जानु पर्ने ५० ठाउँलाई यो सूचीमा राखेको छ । नेपालको लाङटाङ क्षेत्रलाई यो सूचीको ४३ औं नम्बरमा छ ।

टुट्न लागेको

कार्कीको बायोडाटामै झुट

१ वर्ष अगाडि

निलम्बित अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले नियुक्तिका लागि संवैधानिक परिषदमा पेश गरेको बायोडाटामा उल्लेखित केही विवरण झुटो भेटिएको छ। उनले बायोडाटामा आफ्नो कार्यअनुभवलाई मुख्य रूपमा उल्लेख गरेका छन् उक्त विवरण नै झुट हो। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका

संघीयतामा पनि 'शक्ति केन्द्रमै'

१ वर्ष अगाडि

संघीयताको अवधारणाअनुरूप आर्थिक रूपमा निर्भर नभएसम्म स्थानीय सरकार बलियो हुन नसक्ने र मुलुकको 'शक्ति' केन्द्रमै रहने विज्ञले औंल्याएका छन्।

अमेरिकास्थित जर्जिया स्टेट्स युनिभर्सिटीका प्राध्यापक डा. जेकी बोएसले नेपालको संविधान २०७२ ले दिएको राजस्व अधिकारलाई विश्लेषण गर्दा ८० प्रतिशतभन्दा

सय मेगावाटको लाइसेन्स अब विभागबाटै

१ वर्ष अगाडि

ऊर्जा मन्त्रालयले जलविद्युत् आयोजनाको एक सय मेगावाटसम्मको अनुमतिपत्र (लाइसेन्स) अब विद्युत् विकास विभागबाटै दिनेगरी निर्देशिका बनाएको छ। विद्युत् नियमावली २०५० को चौथो संशोधनअनुसार मन्त्रालयले नयाँ विद्युत् आयोजनाको अनुमतिपत्र सम्बन्धी निर्देशिका तयार गरेको हो। सरकारले गत असोजमा नियमावली