Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

अन्तरराष्ट्रिय

आन्द्रप्रदेश र तमिलनाडुमा आँधीका कारण सात जनाको ज्यान गयो

१ वर्ष अगाडि

काठमाडौं । भारतको आन्द्रप्रदेश र तमिलनाडुमा आँधीका कारण सात जनाको ज्यान गएको छ ।

भारी बर्षापछी आएको वरदा नामको आँधीले त्यहाँको जनजीवन प्रभावित बनेको छ । आँधीका कारण हवाई सेवा समेत प्रभावित बनेको छ ।

सडकमा जताततै रुखहरु ढलेकाले यातायात सेवा अवरुद्ध बनेको छ । प्रतिघण्टा १ सय ४० किलोमिटरका दरले

पल्माइरा शहरमा विषालु ग्यास हमला, ५० जना मारिए

१ वर्ष अगाडि

काठमाडौं । सिरियाको पल्माइरा शहरमा सिरियाली सेनाले गरेको हवाई आक्रमण र विषालु ग्यास हमलाका कारण ५० जना मारिएका छन् ।

इस्लामिक अतिवादी समूह आईएसले पल्माइरामा पुनः कब्जा जमाएपछि सरकारी सेनाले हमला गरेको हो ।

सेनाको आक्रमणपछि पल्माइरा नजिकको हामा शहरमा ५० जना आइएस कार्यकर्ताको शव फेला परेको

नाइजेरियामा चर्चको छत खस्दा ६० को मृत्यु

१ वर्ष अगाडि

काठमाडौं । नाइजेरियाको दक्षिण पूर्वी शहरस्थित एक चर्चको छत खस्दा ६० जनाको मृत्यु भएको छ । घटनामा कयौं घाइते भएका छन् ।

घटनामा अझै केही पुरिएको आशंका गरिएको छ । निर्माणाधीन अवस्थामा रहेको चर्चमा भइरहेको धार्मिक कार्यक्रममा ठूलो संख्यामा सर्वसाधारण सहभागी भइरहेका बेला छत एक्कासी खसेको हो ।

इस्तानबुलमा दुईवटा बम विस्फोट, २९ को मृत्यु, १६६ घाइते

१ वर्ष अगाडि

काठमाडौं । टर्कीको राजधानी इस्तानबुलमा गराइएका दुई वटा बम विस्फोटमा कम्तिमा २९ जनाको मृत्यु भएको छ । घटनामा १ सय ६६ जना घाइते भएका छन् ।

पहिलो बम विस्फोट इस्तानबुलस्थित एक रंगशाला बाहिर गराइएको थियो । दंगा नियन्त्रित प्रहरीको बसलाई लक्षित गरी गराइएको कार बम विस्फोटमा थुप्रै सवारी साधनमा क्षति

आइएसद्वारा यमनको सैनिक क्याम्पमा आक्रमण, ४५ को मृत्यु

१ वर्ष अगाडि

काठमाडौं । यमनको सैनिक क्याम्पमा इस्लामिक अतिवादी संगठन आइएसले गराएको बम विस्फोटमा ४५ जना सैनिक मारिएका छन् ।

अदन शहरमा रहेको सैनिक क्याम्पमा तलव लिन लाइन बसेका सेनामाझ आत्मघाती विस्फोट गराइएको यमनी अधिकारीहरुले बताएका छन् ।

यमनमा राष्ट्रपति मन्सुर हादी निर्वासित भएपछि उनको समर्थनमा

अरुको अधिकारका लागि हरेक मानिस आजैदेखि उठौं: वान कि मुन

१ वर्ष अगाडि

काठमाडौं । मानवअधिकार रक्षाका लागि हरेक दिन हरेक व्यक्ति कोही अरुको अधिकारका लागि उभिन संयुक्त राष्ट्रसंघले अपील गरेको छ ।

राष्ट्रसंघका महासचिव वान कि मुनले कोही अरुको अधिकारका लागि हरेक मानिस आजैदेखि उठ्नु पर्नेमा जोड दिएका छन् ।

शान्ति, दीगो विकास र मानवअधिकार एक अर्कामा अन्तरसम्बन्धित

रुसको साइबर आक्रमण: ओबामाले दिए कडा निर्देशन

१ वर्ष अगाडि

काठमाडौं । अमेरिकाका राष्ट्रपति बाराक ओबामाले रुसको तर्फबाट राष्ट्रपति चुनाव पूर्व भएको भनिएको साइबर आक्रमणको विषयमा छानबिन गर्न निर्देशन दिएका छन् ।

राष्ट्रपति चुनावमा प्रभाव पार्ने गरी भएको भनिएको साइबर आक्रमणका विषयमा छानबिन गर्न ओबामाले निर्देशन दिएका हुन् । ह्याकरले डेमोक्याट्रिक

कोरियाली संसदबाट महाअभियोग पास

१ वर्ष अगाडि

काठमाडौं । दक्षिण कोरियाको संसदले भ्रष्टाचारको आरोप लागेकी राष्ट्रपति पार्क गियुन हायविरुद्ध महाअभियोग प्रस्ताव पास गरेको छ । यससँगै उनी पदमुक्त भएकी छन् ।

संसदमा भएको मतदानमा २३४ ले महाअभियोगको पक्षमा मत दिएका छन् । ५६ भोट मात्र विपक्षमा परेको छ । यसको अर्थ पार्ककै पार्टीका केही सांसदले समेत

इन्डोनेसियामा शक्तिशाली भूकम्प, कयौं भवनमा क्षति

१ वर्ष अगाडि

जकार्ता । इन्डोनेसियामा शक्तिशाली भूकम्प आएको छ । भूकम्पका कारण कयौं भवन भत्किएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

समाचार एजेन्सीहरुका अनुसार आचेह प्रान्तमा स्थानीय समयअनुसार बिहान ५ः०३ बजे ६.४ तीब्रता मापन गरिएको भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

स्थानीय

फोटो पोष्ट गरी वेश्यावृद्धि बढाएको अभियोगमा १२ इरानीलाई जेल

१ वर्ष अगाडि

काठमाडौं । इरानमा अनलाइनमा फोटो पोष्ट गरी वेश्यावृद्धि बढाएको अभियोगमा फेशन जगतका १२ जनालाई जेल सजायँ सुनाइएको छ ।

शियाज शहरस्थित अदालतले आठ जना महिला र चार पुरुषलाई पाँच महिनादेखि छ वर्षसम्मको जेल सजायँ सुनाएको हो ।

उनीहरुलाई फेशनको काम गर्न र दुई वर्षसम्म मुलुक छाड्न प्रतिबन्ध लगाइएको छ