Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

आर्थिक

चिया विवाद समाधान तर्फ !

१ वर्ष अगाडि

बिर्तामोड । दुई दशकदेखि साना किसान र उद्योगीबीच रहेको चिया बिवाद समाधान गर्न गठित समितिले झापामा अध्ययन सम्पन्न गरेको छ । हरियो चिया पत्तीको मुल्यका विषयमा भएको विवादपछि कृषि मन्त्रालयबाट गठित समितिले एकसाता लगाएर अध्ययन पुरा गरेको छ । गठित समितिले आन्दोलनरत चिया किसानलाई संलग्न नगराईकन नै

नागढुङ्गा सुरुङका लागि जापानसँग सम्झौता

१ वर्ष अगाडि

काठमाडौं । नागढुङ्गा सुरुङमार्ग निर्माण परियोजना कार्यान्वयनका लागि नेपाललाई १५ अर्ब ४० करोड ५० लाख रुपैयाँ ऋण (१६.६३ विलियन जापानी येन) सहायता उपलब्ध गराउन जापान सहमत भएको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकको उपस्थितिमा आज अर्थ

आफैंले बनाएको कार्यविधि नाघेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि

१ वर्ष अगाडि

नेपाल आयल निगमले आफैंले बनाएको कार्यविधि विपरीत इन्धनको मूल्य बढाएको छ। निगमले तयार पारेको ‘स्वचालित मूल्य प्रणालीसम्बन्धी कार्यविधि २०७१’ अनुसार प्रतिलिटर २ प्रतिशतभन्दा मूल्य घटबढ गर्न पाइँदैन। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

जसअनुसार प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ ९४ पैसा र

अक्सन नै उत्तम विकल्प : पौडेल

१ वर्ष अगाडि

बिर्तामोड । चियाको समस्या समाधान गर्न अक्सनको विकल्प नभएको कृषि विभागका उपनिर्देशक सुर्यप्रसाद पौडेलले बताएका छन् । 

आज बिर्तामोडमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै चिया विवाद समाधानको विषयमा गठित समितिका संयोजक समेत रहेका पौडेलले ‘चिया क्षेत्रमा उत्पन्न समस्या समाधानको उत्तम विकल्प

एनएलजी इन्स्योरेन्सले बोलपत्र धरौटीमा २ करोड गुमायो

१ वर्ष अगाडि

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले अनामनगर वार्ड नम्बर ३२ मा रहेको जग्गा खरिद गर्न नसकेपछि २ करोड रुपैयाँ गुमाएको छ । कम्पनीले सिद्धार्थ डेभलपमेन्ट बैंकको नाममा रहेको जग्गा २० करोड १६ लाख ३२ हजार रुपैयाँ जग्गा खरिद गर्ने गरी बोलपत्रमा धरौटी राखेको थियो ।

तर कम्पनीले बाँकी रकम बुझाउन

वीरगन्ज भन्सारको राजश्व असुली बढ्यो

१ वर्ष अगाडि

वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले लक्ष्यभन्दा तीन अर्ब ८९ करोड रुपैयाँ बढी राजश्व संकलन गरेको छ ।

चालु आर्थिक वर्ष २०७३/०७४ को साउनदेखि मंसिरसम्मको पाँच महिनामा यस कार्यालयले लक्ष्यभन्दा ८.९८ प्रतिशतले बढि अर्थात् ४७ अर्ब ३४ करोड ४८ लाख १४ हजार रुपैयाँ राजश्व संकलन गरेको हो ।

वीरगन्ज

चिया किसान तथा मजदुरको समस्या स्थायी रुपमा समाधान गरिने

१ वर्ष अगाडि

बिर्तामोड । लामो समयदेखि झापामा बल्झिदै आएको चिया किसान तथा मजदुरको समस्या स्थायी रुपमा समाधान हुनुपर्नेमा झापाका सांसद तथा राजनीतिक दलका नेताहरुले जोड दिएका छन् ।

कृषि विभाग र मन्त्रालयका उच्च पदस्त अधिकारीसहित सांसद र दलका नेताहरुवीच आज सोमवार बिर्तामोडस्थित संवाद समूहको सचिवालयमा भएको

प्रतिबन्धित भारु साट्न सफ्टवेयर बन्यो

१ वर्ष अगाडि

विराटनगर । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पाँच सय र एक हजार रूपैयाँको भारतीय नोट साट्ने पहल भइरहेको बताएका छन् ।

शिवाकोटीका अनुसार नेपाल राष्ट्र बैंकले प्रतिबन्धित पाँच सय र हजारका भारतीय नोट सटहीका लागि छुट्टै सफ्टवेयर तयार पारेको पनि जानकारी दिए । 

विराटनगरमा

मूल्यवृद्धि ४.८ प्रतिशत !

१ वर्ष अगाडि

नेपाल राष्ट्र बैंकले कात्तिक महिनामा मूल्यवृद्धि ४.८ प्रतिशत रहेको तथ्यांक शुक्रबार सार्वजनिक ग¥यो। बढ्दो महँगीले उपभोक्ताको खल्ती रित्तिएका बेला केन्द्रीय बैंकले ४.८ प्रतिशत मात्र मूल्यवृद्धि भएको विश्वास गर्ने आधार भने उपभोक्ताले पाउन सकेका छैनन्। 

राष्ट्र बैंकको तथ्यांकअनुसार

पाँच महिनासम्म खर्चभन्दा राजस्व असुली बढी

१ वर्ष अगाडि

सरकारले चालू आर्थिक वर्षको पहिलो पाँच महिनासम्ममा खर्चभन्दा राजस्व असुली बढी गरेको छ । कुल खर्चको करिब ५४ प्रतिशत राजस्व असुली लक्ष्य राखेको सरकारले चालू आर्थिक वर्षको ५ महिनासम्म कुल खर्चभन्दा एक अर्ब ६६ करोड रुपैयाँ बढी राजस्व परिचालन गरेको छ । यो खबर हामीले आजको कारोबार दैनिकबाट लिएका हौ।