Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

अपराध

घाँसको निहुँमा झगडाः एकको ज्यान गयो

१ वर्ष अगाडि

इनरुवा । सुनसरी जिल्लाको नरसिंह गाविसमा सोमबार साँझ दुई पक्षबीच विवादपछि झगडा हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृत्यु हुनेमा अफरोज खातुन छन् । 

ऐलानी जग्गामा घाँस काट्ने विषयलाई लिएर चर्केको विवाद कुटाकुटमा परिणत भएपछि खातुनको मृत्यु भएको

ठगी आरोपमा कर्मचारी पक्राउ

१ वर्ष अगाडि

बिर्तामोड । फर्जी बिल बनाएर ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा नेपाल चिया विकास निगम लिमिटेडका एक कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–१ निवासी ३३ वर्षीय गुणराज श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । विद्युत् महसुलको फर्जी बिल बनाएर उक्त रकम ठगी

कैद सजाय पाएका फरार चौधरी पक्राउ

१ वर्ष अगाडि

लहान । अदालतबाट बहुविवाह मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।  

पुनरावेदन अदालत राजविराजबाट बहुविवाह मुद्दामा गत २०७२ जेठ २७ गते एकवर्ष कैद तथा पाँच हजार रुपैयाँ जरिवाना पाएर फरार सिरहाको लहान नगरपालिका–९ निवासी ३२ वर्षीय प्रेम भन्ने किशोरी

तस्करीको ट्रान्जिट बन्दै बझाङको उरै नाका

१ वर्ष अगाडि

बझाङ l बझाङको उरै भन्ज्याङ नाका भएर वन्यजन्तुका अखेटोपहार, रक्तचन्दन र बहुमूल्य जडीबुटीको अवैध कारोबार बढेको छ । यो नाका भएर लामो समयदेखि तिब्बततर्फ अवैध कारोबार मौलाए पनि प्रहरीले नियन्त्रण गर्न सकेको छैन । त्यस्ता सामान बरामद गरेर अहिलेसम्म सार्वजनिक पनि नगरिएको खबर आजको कान्तिपुरमा

भारतीय तस्करको जालमा पर्दा दुई प्रहरी पक्राउ

१ वर्ष अगाडि

वीरगंज l सीमावर्ती शहर रक्सौलमा भारतीय सुरक्षाकर्मीले दुईजना नेपाली प्रहरीलाई नियन्त्रणमा लिएको छ । रक्सौलबाट बीरगन्जतर्फ मोटरसाइकलमा आइरहेको अवस्थामा मंगलबार साँझ पर्साको अमरपटी चौकीमा कार्यरत दुवै जनालाई भारतीय सुरक्षाकर्मीले नियन्त्रयमा लिएको हो ।

चेकजाँचको क्रममा मोटरसाइकलबाट लागू

राजधानीका स्कुलहरूमा बम राख्ने व्यक्ति सार्वजनिक

१ वर्ष अगाडि

काठमाडौं lराजधानीका विभिन्न  स्कुलमा बम राख्ने २ जनालाइ प्रहरीले मंगलबार साँझ सार्वजनिक गरेको छ।  महानगरीय प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रहरीले  माओवादी कम्युनिष्ट केन्द्र नेपालको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी केन्द्र र योङग कम्युनिष्ट फोर्सका कार्यकर्ता रामेछाप

छोरी इनारमा फालेर आमा बेपत्ता

१ वर्ष अगाडि

चितवन । चितवनको खैरहनी नगरपालिकाको कुमरोजमा इनारभित्र सात महिनाको बच्चा मृत अवस्थामा फेला परेको छ ।

आमाले नै सात महिनाकी छोरी प्रजिना न्यौपानेलाई इनारमा फालेको जानकारी आएको स्थानीयलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

स्थानीय रामशरण न्यौपानेकी ३६ वर्षीया श्रीमती

पार्किङबाटै हराउँछ मोटरसाइकल

१ वर्ष अगाडि

बिर्तामोड । केही दिन अघिको घटना हो । बिर्तामोडको प्रहरी टोली पश्चिम बस स्टेण्डमा सवारी साधनको नियमित चेकिङमा थियो । एउटा इन्टाइसर मोटरसाइकल हुइँकिएर आयो । मोटरसाइकलमा दुईजना सवार थिए । तीव्र गतिबाटै प्रष्ट बुझिन्थ्यो, चालकले चेकिङ भएको ठाउँमा मोटरसाइकल रोक्दैनन् भनेर । प्रहरीले बाटो छेकेरै

सुन चोरी गर्ने दुई यूवा पक्राउ

१ वर्ष अगाडि

पाँचथर। जिल्ला प्रहरी कार्यालय पाँचथरले ५ तोला सुन, नगद तथा रिचार्ज कार्ड चोरीमा संलग्न दुई व्यक्तिलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा जिल्ला पाँचथर फिदिम नगरपालिका ६ बस्ने १८ वर्षिय बिशाल राई र सोही स्थान बस्ने १७ वर्षिय कमल राई रहेका छन् । गत भदौ २६ गते फिदिम ६ सरसिउला बस्ने मैयादेवी

घूस लिँदै गर्दा गाविसका सचिव पक्राउ

१ वर्ष अगाडि

गौशाला l महोत्तरीको जलेश्वरमा भदौ २३ गते सेवाग्राहीसँग घूस लिँदै गर्दा पक्राउ परेका बथनाहा गाविसका सचिव गुलाव चौधरी निलम्बनमा परेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले उनलाई आइतबारदेखि लागू हुनेगरी तीन महिनाका लागि निलम्बन गरेको अख्तियार कार्यालय प्रमुख